विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ-घिसिङ



काठमाडौं, फागुन २०

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकषिर्त गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) र अमेरिकी डलरमा विद्युत् खरिद-बिक्री सम्झौता पीपीए हुने जलविद्युत् आयोजनाको नयाँ दर निर्धारण भएको छ ।
राजधानीमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै घिसिङले यसले विदेशी लगानीकर्तालाई हाइड्रोमा लगानीका लागि सहज भएको बताए ।

घिसिङले अहिले प्रतिब्यक्ती विद्युत खपत दर १३० युनिट मात्रै रहेको र त्यसलाई २ हजार पुर्‍याउन सम्क्ने सम्भावना नेपालभित्रै रहेको बताए । उनले अहिले ऊर्जाको समस्या रहेपनि २ वर्षपछि नेपाल विजुली निर्यातका लागि तयारी गर्ने अवस्थमा पुग्ने पनि बताए ।

उनले विजुलीमा लगानी आकषिर्त गर्न नयाँ नीतिहरु ल्याउन सरकार तयार रहेकाले प्राधिकरणले पनि त्यसैअनुरुप योजना बनाइरहेको उल्लेख गरे ।

‘प्राधिकरणले अहिले २४ घण्टाकै विजुलीको मूल्य एकैनासले तोकेको छ । अब विहान-बेलुकाको पिक आवरमा खपत भएको विजुलीको मूल्य र कम खपत हुने समयमा प्रयोग हुने विजुलीको मूल्य फरक राख्नुपर्ने अवस्था छ’ घिसिङले भने-‘ऊर्जाको ब्यवस्थापनका लागि हामीले अहिले गरेका प्रयासमा थप प्रयासहरु पनि आवश्यक छन् ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News