मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु



मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४०प ५३०६ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्