कृष्णलक्ष्मीलक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा एम्बुलेन्स प्रदान



काठमाडौं ५ चैत। कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले सेतोपुलस्थित फ्रन्टलाइन अस्पताललाई एम्बुलेन्स प्रदान गरेको छ।

अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले अस्पतालका अध्यक्ष नवराज पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपाने एम्बुलेन्सका कारण धेरै बिरामीमा पहुँच पुग्ने धारणा राखे। एम्बुलेन्सले अस्पतालको जिम्मेवारी थपिएको बताए। अस्पताललाई एम्बुलेन्स चाहिएको र प्रतिष्ठान पनि दिन तयार रहेकाले यसको सदुपयोग हुने विश्वास दिलाए।

दाँवाली मिलन क्लबका मेडिकल संयोजक डा. लोचन कार्कीले एम्बुलेन्सले उपचारमा सहज हुने बताए। एम्बुलेन्सको ‘प्रि(हस्पिटल म्यानेजमेन्ट’मा विशेष भूमिका हुने भनाइ छ।

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्