एक घण्टा नबित्दै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट



जनकपुर । जनकपुरमा एसईईको परीक्षा सञ्चालनको एक घण्टा नबित्दै प्रश्नपत्र आउट भएको छ ।

अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालय स्रोतले बतायो । आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ ।

परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्