महाभियोग लगेका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिलाई अदालतले गरायो पुनर्बहाली



एजेन्सी । दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ।

राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यवाहक राष्ट्रपति बनेका थिए।

सैनिक कू गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यवाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो।

त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको हो ।

अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरेका थिए।

सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँच जना न्यायाधीशहरूले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यवाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए।

दुई न्यायाधीहरूले भने संसदको दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएकाम थिए । एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनु पर्ने पक्षमा मत दिएका थिए।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्