क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल



क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए।
उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए ।

खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै स्वास्थ्यमन्त्री पौडेलले शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए।

स्वास्थ्यमन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।

प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्