म्यानचेस्टर सिटी फेरि तेस्रो स्थानमा


 


काठमाडौं, फागुन २३

म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो । सिटीको जितमा सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । ४२ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले १–० को अग्रता लियो । ५९ औं मिनेटमा सेनले गोल गर्दै सिटीको २–० को जित सुनिश्चित गर्‍यो ।

जितपछि सिटी २६ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ५२ अंक भएको लिभरपुल चौथो स्थानमा झरेको छ । एक खेल बढी खेलेको टोटनइह्याम ५६ अंकसहित दोस्रो स्थानमा कायम छ । २७ खेलबाट १९ अंक मात्रै जोडेको सन्डरल्याण्ड पुछारमा छ । गएको महिना १९ वर्षका गाब्रिएल जिसस आएपछि मैदान बाहिर रहँदै आएका अग्युरोले जिसस चोटग्रस्त भएपछि आफ्नो महत्व स्थापित गरेका छन् ।

उनले पछिल्ला खेलमा सिटीका लागि विजयी गोल गर्दै आएका छन् । यो खेलमा सिटीका कप्तान डेविड सिल्भाले महत्वपूर्ण प्रदर्शन गरे । म्यान अफ दि म्याच भएका सिल्भाले गोलका लागि अवसर सिर्जना गरेका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्