गभर्नरको टुंगो आज लगाइँदै, कसको छ सम्भावना ?
काठमाडौं, चैत २५ । नेपाल राष्ट्र बैंकको गभर्नरको आज टुंगो लगाइँदै छ ।
आज सिफारिस समितिको बैठक बसी आजै मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी गरिएको हो ।
सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेलको संयोजक र पूर्वगभर्नर विजयनाथ भट्टराई तथा अर्थविद् विश्व पौडेल सदस्य छन् ।
गभर्नरका लागि राष्ट्र बैंकभित्रैबाट हालका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना, बमबहादुर मिश्रदेखि कार्यकारी निर्देशक गुणाकर भट्टसम्म आकांक्षी छन् । बाहिरबाट भने पूर्वकार्यकारी निर्देशकदेखि नेपाल सरकारका मुख्य सचिव भइसकेकाहरु पनि दौडधुपमा देखिएका छन् ।
तर यी सबै प्रतिस्पर्धीमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाको सम्भावना उच्च देखिएको छ । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष साथ रहेको पाइएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार
















