सरकारको निर्णय पछि शिक्षक महासंघको बैठक भोली



काठमाडौँ ३ वैशाख। सरकारले संसद्को वर्षे अधिवेशन आह्वान गरेपछि शिक्षक महासंघले बैठक बोलाएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले शिक्षकको माग अनुसार शिक्षा विधेययक पेस गर्ने गरी संसद बैठक आह्वान गरेपछि महासंघले बैठक बोलाएको हो ।

भोलि बसेर औपचारिक धारणा सार्वजनिक गर्ने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

बिहीबार बिहान बैठक बसेर आन्दोलनको समीक्षा र थप रणनीति बनाउने महासंघको तयारी छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ ।

महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । भने सुरु भएको नयाँ शैक्षिक सत्रको भर्ना अभियान समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्