राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९ प्रतिशतले घट्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्ममा १ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.२८ प्रतिशतले घटेको हो ।

बैंकले गत वर्ष २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा १ अर्ब १७ करोड रुपैयाँले घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड रुपैयाँबाट घटेर ७ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ ।

यसको सञ्चालन नाफा १ अर्ब ६९ करोड रुपैयाँ छ । सञ्चालन नाफा गत वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

बैंकको नोक्सानी व्यवस्था ८१ करोड रुपैयाँबाट बढेर २ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ । बैंकले कर्जा तथा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम बढेका कारण यो बैंकको नाफा घटेको देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको चैत मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ४६ करोड २१ लाखबाट घटेर १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक छ ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैकको जगेडा कोषमा ३५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर यो वर्षको चैतसम्ममा ३७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

बैंककले निक्षेप संकलन ४ खर्ब २९ अर्ब रुपैयाँबाट बढाएर ४ अर्ब ६१ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तो निक्षेपबाट बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको निष्कृय कर्जा अनुपात ४.६९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्