एमबीबीएस-बीडीएस सिट र शुल्क निर्धारण कार्यदलको बैठक बस्दै
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट निर्धारण तथा शुल्क परिमार्जनका लागि अध्ययन गर्न गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो ४ बजे बस्ने तय भएको छ ।
चिकित्सा शिक्षा आयोगको १८औं बैठकलले शिक्षा सचिव डा.दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर, पटक–पटक चिकित्सा शिक्षा आयोगकोले निर्देशन दिँदा पनि निजी मेडिकल कलेजलले भने उक्त निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आइरहेका छन् ।
जसका कारण तीन हप्तादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार
















