कक्षा १२ को परीक्षा अन्यौलमा, परीक्षा बोर्डको बैठक बस्दै
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।
बैठक अहिले बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा तोकिएको भएपनि शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















