२१औं दिन पनि सडकमै शिक्षकहरु : नाचगान, जादु र योगसहितको प्रदर्शन



काठमाडौं । विगत २१ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुले आजको आन्दोलनलाई पनि जारी राखेका छन् ।
आज पनि शिक्षकहरुको आन्दोलनका कारण माइतीघर–बानेश्वर सडक अवरुद्ध भएको छ । शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म शिक्षकहरू आन्दोलनमा छन् ।

आज पनि सधैंको जस्तै शिक्षकहरूले नाचगान, नाटक तथा योग गरी आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल शिक्षक महासंघले संघीय संसदबाट विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् ।

महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आएर काममा फर्कन गरेको आग्रहलाई समेत अटेर गरी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्