नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउन लागेका हुन् ।
विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
पन्त पनि एमालेकै सांसद हुन् । पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार
















