फुटबल वरियतामा नेपाल ३ स्थान माथि, यी हुन् उत्कृष्ट १५ देश



काठमाडौं, फागुन २६

विश्व फुटबल वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल तीन् स्थान उक्लदै १ सय ७० औं स्थानमा पुगेको हो ।

गएको महिना नेपालले दुई स्थान सुधार गरेर १ सय ७३ औँ स्थानमा पुगेको थियो । दक्षिण एशियाली देशमा भने नेपाल चौथो स्थानमा छ ।

दक्षिण एशियामा भारत पहिलो (१३२), माल्दिभ्स दोस्रो (१४०) , अफगानिस्तान तेस्रो (१५६), भुटान पाँचौ (१७७) र बंगलादेश छैठौँ (१९३) स्थानमा छन् । यस्तै, श्रीलंका सातौं (१९७) र पाकिस्तान (१९८) पुछारमा छ ।

विश्व वरियतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।

यी हुन् उत्कृष्ट १५ देश

अर्जेन्टिना
ब्राजिल
जर्मनी
चिली
बेल्जियम
फ्रान्स
कोलम्बिया
पोर्चुगल
उरुग्वे
स्पेन
स्वीट्जरल्याण्ड
वेल्स
पोल्याण्ड
इंग्ल्याण्ड
इटाली

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News