शिक्षकलाई वार्तामा आउन नवनियुक्त शिक्षा मन्त्रीको आग्रह
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । पटक–पटकको वार्ता असफल भएका बेला सरकारले आज फेरि वार्ताका लागि आह्वान गरेको हो ।
शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् ।
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् । उनी दुई दिन अघि मात्रै शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।
शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ । ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ ।’
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार
















