मातातीर्थ कुण्डमा भक्तजन
मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात माथातीर्थ कुण्ड परिसरमा भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । आमा नहुनेहरुले यस कुण्डमा आज स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर/रासस
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार
















