एनएमबि बैंकको अगुवाइमा दुई वटा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । दोलखाको विगु गाउँपालिकामा अवस्थित ४२ मेगाबाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको अगुवाईमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जी प्रा.लि. बीच उक्त आयोजनामा ऋण लगानी गर्ने सम्झौता भएको हो ।
जलविद्युत आयोजनाको लागत रु. ७ अर्ब रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबि बैंकले एकल लगानीमा २ मेगावाट क्षमताको चेपे खोलाक्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । उक्त जलविद्युत आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ । जसमा एनएमबि बैंकले मात्रै रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंकको तर्फबाट चिफ दिनेश दुलाल, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा डायनामिक हाइड्रो ईनर्जी प्रा.लि. को तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौतापत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराउनु भयो ।
साथै हाइड्रो ईनर्जीका अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । एनएमबिबैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिकनीति (Environmental and Social Policy)तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार
















