म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश



काठमाण्डौ फागुन २९

म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा जित निकाल्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो । सिटीले मिडल्सबर्गलाई उसकै मैदानमा २–० ले हराएको हो ।

म्यानचेस्टर सिटीको जितमा डेविड सिल्भा र सर्जियो अग्युरोले गोल गरे । तेस्रो मिनेटमा नै सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको सिटीका लागि ६७ औं मिनेटमा अग्युरोले गोल गरेर २–० को जित दिलाए ।

मिडल्सबर्गका गोलरक्षक ब्राड गुजानले धेरै राम्रा बचाउ गरे । उनले ड्यानी सिल्भा, लिरोय सेन र अग्युरोको प्रहारको सुन्दर बचाउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News