प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा पुरस्कृत



काठमाडौँ, ३० वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका स्रष्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले आज एक कार्यक्रमकाबीच भाषा, संस्कृति, सामाजिक शास्त्र, बालसाहित्य, समालोचनालगायत विधामा विभिन्न व्यक्तिलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले क्रमशः प्रज्ञा भाषा पुरस्कार चूडामणि रेग्मी, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार दिल साहनी, प्रज्ञा संस्कृति पुरस्कार डिक बान्तावा, प्रज्ञा बालसाहित्य पुरस्कार शारदारमण नेपाललाई प्रदान गरेको हो ।

यसैगरी प्रज्ञा साहित्य पुरस्कार जसराज किराती, प्रज्ञा साहित्य पुरस्कार (गद्य) कृष्ण धरावासी, प्रज्ञा समालोचना पुरस्कार डा सुधा त्रिपाठी, प्रज्ञा दर्शन पुरस्कार गोपीरमण उपाध्याय, प्रज्ञा अनुवाद पुरस्कार डा बलराम अधिकारी र प्रज्ञा अन्तदेशीय पुरस्कार भविलाल लामिछाने (भारत) लाई प्रदान गरिएको छ ।

यी सबै पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । पुरस्कार वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान विन्दु नै आशाको सञ्चार भएको बताउनुभयो । उहाँले पछिल्लो समय निराशाका सन्देशलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पु¥याउने बताउनुभयो ।

मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डो¥याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उहाँहरूको योगदान अपरिहार्य रहेको बताउनुभयो ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्