मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा



नेपालगन्ज, फागुन २९

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

खेलको ७५ औँ मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक÷एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।

नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News