लिभरपुलले बर्नलीलाई २–१ ले हरायो



काठमाण्डौ, फागुन ३०

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेमला लिभरपुलले बर्नलीलाई २–१ ले हराएको हो । लिभरपुलको जितमा जर्जिनियो विनाल्डम र एमरे क्यानले गोल गरे । बर्नलीका लागि एस्ली बन्र्सले एक गोल गरे ।

सातौं मिनेटमा नै बन्र्सले गोल गर्दै बर्नलीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर बर्नलनीको अग्रता टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा विनाल्डमले लिभरपुलका लागि बराबरी गोल फर्काए । ६१ औं मिनेटमा क्यानले गोल गरेपछि लिभरपुल २–१ ले विजयी भयो ।

जितपछि चौथो स्थानको लिभरपुलको २८ खेबलाट ५५ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल शीर्ष स्थानको चेल्सी भन्दा ११ तथा दोस्रो स्थानको टोटनह्याम र तेस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News