अशान्त जम्मु-कश्मीर : सुरक्षाबल र अतिवादीहरूबीच मुठभेड
काठमाडौं । जम्मू कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भएको छ ।
भारतीय सेनाले भनेको छ, ‘जम्मू कश्मीर प्रहरीसँगको संयुक्त कारबाहीमा सुरक्षा बलले चतरु क्षेत्रमा आतंककारीहरूलाई घेरेको छ। सेना र सुरक्षा बलको संयुक्त कारबाही अझै जारी छ।’
भारतीय सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको जनाएको छ।
भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आतंककारीहरूविरुद्धको कारबाही जारी छ र थप सुरक्षा बलहरू पनि घटनास्थलमा पठाइँदैछ।’
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार
















