इजरायली हवाई आक्रमण गाजामा ९ जना मारिए



एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा एक चिकित्सकका नौ सन्तानको मृत्यु भएको छ ।

१० बच्चा रहेकी स्थानीय चिकित्सक डा. अलाआ अल-नज्जारको खान युनिसमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा उनका १० मध्ये ९ सन्तानको मृत्यु भएको हो ।

नासेर अस्पतालका अनुसार उनका श्रीमान् र ११ वर्षीय छोरा आदम घाइते भएका छन् । बेलायती सर्जन ग्रेम ग्रुमका अनुसार आदमको शरीरभरि छर्राबाट गम्भीर चोट लागेको छ ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्सका अनुसार अल-नज्जारको घरबाट शुरुमा आठ र त्यसपछि एक गरी ९ जनाको शव निकालिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्