आईसीसी विश्व क्रिकेट : नेपालले केन्यासँग दोस्रो खेल खेल्दै



काठमाडौं, फागुन ३०

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपालले केन्यासँग दोस्रो खेल खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा पराजित नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

केन्यासँग आज हुने दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुनेछ । एक दिवसीय ढाँचामा नेपालले आजसम्म केन्यालाई हराउन सकेको छैन । आजको खेल जितेको खण्डमा नेपालले केन्या विरुद्ध एउटा कोशेढुंगा पार गर्नेछ ।

पहिलो खेलमा नेपाललाई हराएको केन्या प्रतियोगितामा पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौं स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैठौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्युगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११-११ अंक छ ।

शीर्ष चारमा रहने राष्ट्रले अर्को वर्ष हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् । च्याम्पियनसिपमा केन्यापछि नेपालले हङकङसँग उसकै मैदानमा तथा युएईसँग तटस्थ मैदानमा दुई दुईवटा खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News