युक्रेनमा भीषण हमला गरेपछि पुटिनसँग ट्रम्प असन्तुष्ट
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सन्तुष्ट नभएको बताएका छन्।
रुसले युक्रेनमा अहिलेसम्मकै भीषण हवाई हमला गरेपछि कडा टिप्पणी गरेका हुन ।
पुटिनलाई ‘पागल’ भन्दै ट्रम्पले उनले बिना कारण मानिसहरूलाई मारिरहेको बताए।
रुसी आक्रमणलाई इङ्गित गर्दै ट्रम्पले पुटिन निकै पागल भएको बताएका छन्।
आइतवार राति रुसले गरेका आक्रमणहरूमा परी युक्रेनमा कम्तीमा १२ जनाको मृत्यु भएको । दर्जनौँ मानिस घाइते भएका छन्।
आक्रमणका क्रममा रुसले ३६७ वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो। रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि धावा बोलेपछि यसपालि एकैरात पहिलो पटक त्यति सघन हवाई हमला गरेको हो।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार
















