नेपाल भर्सेस केन्याः खेल सुरु, नेपाल बलिङमा



काठमाडौं, फागुन ३०

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको दोस्रो खेलमा नेपालले बलिङ सुरु गरेको छ । नेपालले पहिले बलिङ रोजेको हो । सोमपाल कामीले ओपनिङ बलरको रुपमा मैदानमा छन् ।

शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेलिरहेको हो । सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ । सोमबार पनि नियमित कप्तान पारस खड्का खेलको छैनन् ।

नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् ।

शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News