सुन-चाँदीको मूल्य घट्यो



काठमाडौं ।नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।

सुन तोलामा २०० र चाँदी १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० मा कारोबार भएको छ ।

सोमबार ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको थियो।

यसैगरी एक तोला चाँदीको मूल्य १ हजार ९९५ तोकिएको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्