सुनको मूल्य आज पनि घटयो
काठमाडौं । मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० ले घटेको हो । चाँदी भने १० रुपैयाँले बढेको छ ।
एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ र चाँदी तोलामा दुई हजार पाँच रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार
















