चेल्सी सेमिफाइनलमा पुग्यो



काठमाण्डौ, चैत १

खेलको दोस्रो हाफमा एङगोलो कान्टेले गरेको गोलले म्यानचेस्टर युनाइटेडलाई हराएर चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । खेलको ३५ औँ मिनेटमा एन्डर हेरेरा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिनु युनाइटेडका लागि हारको कारण बन्यो ।  मंगलबार एफए कपको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएसँगै चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ ।

उसले युनाइटेडसँगको पछिल्ला ७ खेल जितेको छ भने ५ खेल बराबरी भएको छ ।  मंगलबारको खेलमा म्यान यु निकै कमजोर देखियो । म्यान युले बल आफ्नो पक्षमा राख्न नै संघर्ष गरिरहेको देखिन्थ्यो । पोसेसन हेर्दा म्यान युको पक्षमा २७ प्रतिशत बल रह्यो । चेल्सीले खेलमा पोस्टको दिशामा २० प्रहार गरेको थियो भने म्यान युले जम्मा ४ सट प्रहार गर्न सक्यो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News