हतुवागढी गोल्डकपकाे उपाधि खैराङ फुटवल क्लवकाे कब्जामा



भोजपुर, चैत्र १
भोजपुरको दक्षिणी घोरेटारमा सञ्चालन भएकाे स्वर्गिय भिमदल चौथो स्मृति हतुवागढी गोल्डकप–२०७३ को उपाधि खैराङ फुटवल क्लवले चुमेकाे छ ।

फाइनल खेलमा काेट फुटबल क्लबलार्इ १–३ गाेलकाे अन्तरले पछि पार्दे खैराङले उपाधि कब्जा गरेकाे हाे । विजेताले नगद  ७० हजार २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेकाे छ भने उप –विजेताले नगद ३५ हजार ३० रुपैयाँ, मेडल र प्रमाण पत्र पाएको छ ।

खेलेको वेस्ट प्लेएर कोट फुटवल क्लवका कृष्ण राई,  हाई स्कोरर्  खैराङ फुटवल क्लवका जनक राज सुनुवार, वेस्ट स्टाइकर कोट फुटवल क्लवका नगेन्द्र गिरी, वेस्ट किपर, खैराङ फुटवल क्लवका धिरज वस्नेत भएका छन् ।

त्यस्तै खेलको म्यान अफ द म्याच जनकराज सुनुवार र वेस्ट डिफेन्डर खैराङ्ग फुटवल क्लवका सब्बु राई भएक छन् । प्रतियोगितामा १३ टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News