भारतमा तस्करीका लागि तस्करको समूहले बगरमा गाडेको अवस्थामा ११ सय किलो गाँजा फेला



काठमाडौं । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।

भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो ।

बरामद गाँजा ११२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्