सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ।
अघिल्लो दिन मंगलबार २ हजार ९०० रुपैयाँले बढेको सुन आज ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।
महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी एक तोलाको २ हजार ४५ रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार
















