संघीय संसदका दुबै सदनमा आज बजेटमाथि छलफल हुने
काठमाडौँ । संघीय संसदका दुवै सदनमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुँदैछ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ’आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सदनमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ’संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि रहेको छ ।
यस्तै राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ । राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहने बताइएको छ ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार
















