चीनमा घट्दो जन्मदरलाई रोक्न अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने
एजेन्सी । चीनमा नयाँ अनुसन्धानले पुरुषलाई बालबालिकाको हेरचाहका लागि आर्थिक सहयोग वा अनुदान दिन सुझाएको छ ।
पुरुषलाई आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न सक्छ भन्ने उपाय सुझाइएको हो ।
चीनको जन्मदर तीव्र रूपमा घट्दै गईरहेकाले जनसंख्या र वृद्धावस्थाको ठूलो चुनौती सामना जुध्न यस्तो सुझाव दिएको हो ।
चीनको जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा देशको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।
फुदान युनिभर्सिटी र हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा महिलालाई मात्रै अनुदान दिने कुराले परम्परागत सोचलाई बलियो बनाउँछ ।
बरु, पुरुषहरूलाई पनि सन्तान हुर्काउन सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरियो भने समाजमा सन्तुलन सिर्जना हुन्छ र लामो समयसम्म धेरै सन्तान जन्माउने इच्छा बढ्छ।
चीनको हालको अवस्थाको कुरा गर्दा सन् २०२४ मा लगातार तेस्रो वर्ष देशको कुल जनसङ्ख्या घटेर १ अर्ब ४० करोड पुगेको छ अर्थात् १३ करोड ९० लाखले जनसंख्या घटेको छ ।
उही समयमा चीनको प्रजनन दर प्रति महिला १.१ बच्चामा झरेको छ, जुन जनसंख्या स्थिर राख्न आवश्यक २.१ को स्तर भन्दा धेरै तल छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार
















