मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी सुरु गरेको छ ।
विश्व पौडेल गभर्नर नियुक्ति भएसंगै राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा लागेको हो ।
राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ ।
बैंकले असार १० मा आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















