नेप्सेमा फर्कियो रौनक, बजार २५ अंकले बढ्यो



काठमाडौं । मंगलबार शेयर बजारमा रौनक फर्किएको छ । मंगलबार एकै दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ ।

दिनभरमा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

मंगलबार २११ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ७३८ पटक शेयर किनबेच भएको छ ।

१३ वटा समूहमध्ये सबै समूह बढेको छ । सबैभन्दा बढी फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्