सातवटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
काठमाडौं, असार १ । देशका सातवटै प्रदेश सरकारहरूले आज (आइबार) आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छन् ।
प्रदेश सरकारले आज प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश सरकारले १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार
















