इजरायल र इरानलाई केही समय लड्न दिनुपर्छ : डोनाल्ड ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच सम्झौता गराउन चाहेको बताएका छन् ।

ट्रम्पले क्यानाडामा जी–७ शिखर सम्मेलनमा जान तयार हुँदै गर्दा यसो भनेका हुन् । तर उनले कहिलेकाहीँ उनीहरूलाई संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने बताए ।

दुई देशबीच बढ्दो द्वन्द्व कसरी सामाधान गर्ने भन्ने प्रश्नमा ट्रम्पले भने, “सम्झौता हुनेछ भन्नेम म आशावादी छु । सम्झौताको समय आएको छ । के हुन्छ हामी हेर्दैछौँ । तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ ।”

ट्रम्पले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको तथा इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्