इजरायली सेनाद्वारा इरानी लडाकु विमानमाथि ड्रोन आक्रमण
तेहरान । इजरायली सेनाले सोमबार तेहरानको विमानस्थलमा ड्रोनहरूले दुईवटा इरानी एफ–१४ लडाकु विमानहरूमाथि प्रहार गरेको छ ।
इजरायल वायुसेना (आइएएफ) का विमानहरूलाई रोक्न ती जेटहरू उडेको बताइएको थियो। इजरायली वायुसेनाले इजरायलतर्फ ड्रोन प्रक्षेपण गर्ने प्रयासलाई पनि प्रहार गरी विफल पारेको बताएको छ ।
यसअघि जारी गरिएको एक विज्ञप्तिमा इजरायली सेनाले बिहानैदेखि इजरायली युद्धविमानहरूले पश्चिमी इरानबाट तेहरानतर्फ अगाडि बढिरहेका हतियार र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रक्षेपणकर्ताहरू बोकेका ट्रकहरूलाई प्रहार गरेको उल्लेख गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायली वायुसेना तेहरानमाथिको आकाश नियन्त्रण गर्ने र आणविक खतराका साथै क्षेप्यास्त्र खतरा हटाएर इजरायलले दुई मुख्य उद्देश्यहरू प्राप्त गर्ने बाटोमा रहेको बताएका छन् ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार
















