इरानमा लाइभ कार्यक्रम चलिरहेको बेला टिभी च्यानलको भवनमा हानियो बम



एजेन्सी । इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी) मा प्रत्यक्ष प्रसारण भइरहेका बेला बम विस्फोट गराएको छ ।

यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण गर्ने धम्की दिएको केही समयपछि भएको हो । इजरायली रक्षामन्त्री इस्रायल क्याट्सले इरानी प्रचार र प्रोपोगान्डा मुखपत्रको नामोनिसान मेटाउने बताएका थिए ।

प्रत्यक्ष प्रसारणमा धुवाँ र भग्नावशेष देखिएपछि टीभी एंकर सहार एमामीले मातृभूमि र सत्यविरुद्धको आक्रमण भन्दै यसलाई निन्दा गरेकी थिइन् ।

उनी बम विस्फोटबाट बच्न सफल भइन्। घटनाको भिडियो पनि सार्वजनिक भएको थियो, जसमा प्रस्तोता स्टुडियोबाट भागिरहेको देखिन्थ्यो।

उनको पछाडिको स्क्रिन कालो भयो। स्टुडियो फोहोर र धुवाँले भरिएको थियो। एक जना मानिसले अल्लाहु अकबर भन्दै गरेको सुनिएको थियो।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्