आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ इरान छोड्न चीनको आग्रह



एजेन्सी । चीनको इजरायलस्थित दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

इजरायल र इरानबीच युद्ध तीव्र बनेपछि चीनले आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ इरान छोड्न आग्रह गरेको हो ।

“चीनको इजरायल मिसनले चिनियाँ नागरिकलाई व्यक्तिगत सुरक्षा ग्यारेन्टी गर्न सकिने अवस्थामा जमिनी सीमा नाकाबाट छिटो इरानबाट निस्कन अनुरोध गर्छ,” दूतावासले सामाजिक संजाल विच्याटमा जारी वक्तव्यमा उल्लेख गरेको छ ।

चिनियाँ नागरिकलाई इरानबाट जोर्डनतर्फ निस्कन सिफारिस गरेको बताइएको छ ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्