भारतीय दूतावासले आफ्ना नागरिकलाई भन्यो – तत्काल तेहरान छोड्नू
एजेन्सी । इजरायल–इरानबिच द्वन्द्व चर्किदै गएपछि इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई सहर छोडेर सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
इजरायल र इरानबीच बढ्दो तनावका कारण भारतीय दूतवासले आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थान जान अनुरोध गरेको हो।
साथै तेहरानमा रहेका र दूतावासको सम्पर्कमा नभएका भारतीय नागरिकहरूलाई तेहरानस्थित भारती दूतावासलाई आफ्नो स्थान र सम्पर्क नम्बर तुरुन्तै उपलब्ध गराउन भनेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न सल्लाह दिएका थिए। चीनले पनि आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न भनेको छ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार
















