दक्षिण अफ्रिकाबाट स्वदेश फिर्ता भइन् उपसभामुख राना



काठमाडौं । उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिकाको पाँच दिने भ्रमण सम्पन्न गरेर आइतबार बिहान स्वदेश फर्किएकी छन् ।

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिएर उपसभामुख राना स्वदेश फर्किएकी हुन् ।

उपसभामुख रानाले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आईडीइए), ओपन सोसाइटी फाउण्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा भएको ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा सम्बोधन गरेकी थिइन् ।

उक्त कार्यक्रममा उपसभामुख रानाले कमजोर सामाजिक सुरक्षा प्रणाली, वातावरणीय विनाश, भ्रष्टाचार र महामारीजस्ता विश्वव्यापी संकटहरूले विश्वका सबै देशको लोकतन्त्रले संकट भोगिरहेको बताएकी थिइन् ।

गरिबी, असमानता, संस्थागत कमजोरी, बाह्य हस्तक्षेप र जलवायु परिवर्तन जस्ता बहुआयामिक संकटहरूकाविरुद्ध ग्लोबल साउथका मुलुकले साझा रूपमा अगाडि बढ्नुपर्ने कुरामा उनले जोड दिइन् ।

उपसभामुख राना उच्चस्तरीय संवादमा भाग लिनका लागि असार ४ गते दक्षिण अफ्रिका प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्