सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबारकै मूल्यमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारका लागि सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

त्यस्तै चाँदीको मूल्य भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ ।

आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्