ट्रम्पको ‘युद्धविराम’ दाबीबारे इरानको प्रतिक्रिया– सहमति भएको छैन
काठमाडौं । इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभएको बताएका छन् । यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए ।
उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए । यसअघि ट्रम्पले ‘चरणबद्ध युद्धविराम’को सहमति भएको भनेर दाबी गरेका थिए । तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए ।
सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए ।
ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार
















