युद्धविरामको चर्चाबीच इरानले इजरायलमा प्रहार गर्यो मिसाइल



काठमाडौं, असार १० । इरान र इजरायलबीच युद्धविराम भएको दाबी गरिरहेका बेला इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको घोषणा गर्दै छिटै कार्यान्वयन हुने दाबी गरेका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको पुष्टि गरेको हो ।

इरानले आक्रमण सुरु गरेपछि इजरायली सेनाले खतराको संकेतस्वरूप साइरन बजेका स्थानका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

युद्धविरामको सम्भावनाबारे भइरहेका चर्चाका बीच यो घटनाले मध्यपूर्वमा थप तनाव बढाएको छ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्