इजरायली रक्षा मन्त्रीले भने – इरानले युद्धविरामको उल्लंघन गर्यो, तेहरानमै शक्तिशाली आक्रमण हुन्छ
काठमाडौं । इजरायलले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
इजरायली रक्षा मन्त्री इस्राएल काट्जले एक वक्तव्य जारी गर्दै इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका हुन्।
उनले इजरायली सेनालाई तेहरानको मुख्य क्षेत्रमा ठूलो आक्रमण गर्न निर्देशन दिएका छन्।
मन्त्री काट्जको वक्तव्यमा उल्लेख छ, ‘मैले इजरायली रक्षा बललाई इरानको युद्धविराम उल्लंघनको जवाफमा कडा कारबाही गर्न आदेश दिएको छु ।’
उनले इरानको आक्रामणलाई सहेर नबस्ने बताउँदै राज्यका महत्वपूर्ण केन्द्रहरूमा प्रतिआक्रमण हुने चेतावनी दिए।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार
















