११ महिना १ अर्ब ९ करोड बढीको कुचो निर्यात



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना १ अर्ब ९ करोड १३ लाख २४ हजार रुपैयाँको अम्रिसो कुचो निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा कुचो निर्यात घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत आव साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको थियो ।

गत वर्ष एक दशकमै सबैभन्दा बढी कुचो निर्यात भएको थियो ।

उक्त अवधिमा १ करोड ४२ लाख ९७ हजार किलो अम्रिसो कुचो भारत निर्यात भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०७९/८० मा १ अर्ब रुपैयाँको कुचो भारतमा मात्रै निर्यात भएको थियो । यस्तै २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको कुचो निर्यात भएको थियो ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्