एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।
एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (क्ष्ख्च्) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।
एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत ८१६००३ डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ । एसएमएसबाट थाहा पाउन ः नेपाल टेलिकमः १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर सेवामार्फत सुन्ने ।
यसैगरी ३५००१, ३१००३, ३४४५५, ३४९४९ मा एसएमएस पठाएर पनि नतिजा थापा पाउन सकिनेछ । यसका लागि सबैभन्दा पहिले मोबाइलको मेसेज बक्स गएर पठाउनुपर्ने नम्बर, १६०० वा ३५००१ वा ३१००३ वा ३४४५५ वा ३४९४९ राख्नुहोस् ।
त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर सेन्ड गर्न सकिने बताइएको छ । त्यस लगत्तै नतिजा प्राप्त गर्न सकिनेछ ।
वेबसाइट÷एपबाट नतिजा हेर्ने विकल्प पनि बताइएको छ । वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् : see.gov.np, neb.gov.np, see.ntc.net.np, ekantipur.com, see.esewa.com.np, खल्ती एप, collegeinfonepal.com, theconnectplus.com, 12khari.com, collegesnepal.com/see_result, एनसेल एप, swiftttech.com.np/see-result, result.neemaacademy.com, see.mypay.com.np
प्रकाशित मिति: ११ असार २०८२, बुधबार
















